दस्तावेजहरुलाई सुझावसहित परिमार्जन गर्न कार्यदल गठन

३२ जेठ २०७३

काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेलामा प्रस्तुत तीन वटै दस्तावेजमाथि छलफलका क्रममा उठेका सुझाव ग्रहण गरी दस्तावेजहरु परिमार्जन गर्नका लागि ‘दस्तावेज परिमार्जन कार्यदल’ गठन गरिएको छ । छलफल सत्रलाई सम्बोधन गर्ने क्रममा संयोजक डा. भट्टराईले ‘दस्तावेज परिमार्जन कार्यदल’ प्रस्ताव गर्नुभएको थियो । संयोजकको प्रस्तावलाई हलले पारित गरेको छ ।

कार्यदलमा संयोजक डा. बाबुराम भट्टराई, देवेन्द्र पौडेल, रामेश्वर खनाल, परशुराम तामाङ, रामकुमार शर्मा, सुरेन्द्र चौधरी, कमला हेमचुरी, डम्बर खतिवडा, परशुराम खापुङ, रामचन्द्र झा, गंगा श्रेष्ठ, कल्पना धमला, महेन्द्र पासवान, पासाङ शेर्पा र केशव दाहाल हुनुहुन्छ । यो कार्यदलले तीनवटै दस्तावेजहरु ‘नयाँ शक्तिको आधारतत्व’, ‘विकास र समृद्धिको मार्ग–चित्र’ र ‘संगठनात्मक सिद्धान्त र विधान’ परिमार्जन गर्नेछ ।