क्लिन काठमाडौं, ग्रीन काठमाडौं अभियानअन्तरगत स्वयम्भू क्षेत्रको सरसफाइ

आगामी हप्ता बैशाख १२ मा बसन्तपुर क्षेत्रमा
४ बैशाख २०७३

काठमाडौं । क्लिन काठमाडौं, ग्रीन काठमाडौं अभियानअन्तरगत आज विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । गत चैत ६ गतेबाट सुरु भएको २४ हप्ते क्लिन काठमाडौं, ग्रीन काठमाडौं अभियानमा आज स्वयम्भू क्षेत्रको सरसफाइ गरिएको हो ।

आगामी हप्ताको सरसफाइ कार्यक्रम शनिबारको सट्टामा बैशाख १२ गते आइतबार विहान ७:०० बजेदेखि बसन्तपुर दरवार स्क्वायर क्षेत्रमा हुनेछ ।


धन्यवाद ज्ञापन !

क्लिन काठमाडौं, ग्रीन काठमाडौं अभियानको आयोजनामा चलिरहेको २४ हप्ते क्लिन ग्रीन अभियान कार्यक्रम आज काठमाडौं जिल्लाको विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसर वरपर हजारौं सफाई अभियन्ताहरूको सक्रिय सहभागितामा भब्यतापूर्वक सम्पन्न भएको छ । क्लिन ग्रीन अभियानको अनुरोधमा सफाईमा सहभागी सम्पूर्ण सामाजिक, राजनीतिक, शैक्षिक, आध्यात्मिक, धार्मिक संघ संस्था, समुदाय, सञ्चार क्षेत्र, सरकारी, ग़ैरसरकारी, नागरिक समाजका ब्यक्ति ब्यक्तित्वहरूलाई अभियानको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौं ।

आगामी हप्ताको सफाई कार्यक्रम ११ गते शनिवार नहुने कुरा जानकारी गराउँदछौं । किनकि, बैशाख १२ गते आइतबार महाभूकम्प गएको एक बर्ष पूरा हुँदैछ । महाभूकम्पमा परी ज्यान गुमाउने हजारौं जनको स्मृतिमा आगामी हप्ताको सफाई कार्यक्रम वसन्तपुर दरबार स्क्वायर वरिपरि बैशाख १२ गते बिहान ७:०० बजे सञ्चालन हुने जानकारी पनि गराउँदछौं । हजारौं जनको स्मृतिमा गरिने सफाई कार्यक्रममा बिशेष उत्साह र प्रतिबद्धतासहित यहाँहरू सबैको उपस्थितिको अपेक्षा राख्दछौं ।


गंगा श्रेष्ठ
संयोजक, क्लिन काठमाडौं, ग्रीन काठमाडौं अभियान