रसुवामा नयाँ शक्तिका नेता प्रेम तामाङ विजयी

स्थानीय तह विजयको निरन्तरता
२३ मंसिर २०७४

रसुवा । नयाँ शक्ति पार्टी नेपालका युवा नेता प्रेमबहादुर तामाङ रसुवाबाट प्रदेशसभामा निर्वाचित हुनुभएको छ । तामाङ ७ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको हो । 

उहाँका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद गोतामेले ५ हजार ६ सय ९२ मत प्राप्त गर्नुभयो । तामाङ रसुवाका लोकप्रिय युवा नेता हुनुहुन्छ । 

स्थानीय चुनावमा नयाँ शक्तिको तर्फबाट उहाँकै नेतृत्वमा रसुवामा एक गाउँपालिकामा नयाँ शक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको थियो ।