प्रेस वक्तव्य - २४ पुस २०७४

२४ पुस २०७४

केही दिनदेखि तराई–मधेशका जिल्लाहरुमा बढिरहेको शीतलहर र जाजरकोटमा झाडापखालाको कारण ज्यान गुमाउने सम्पूर्ण नागरिकहरुप्रति पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । शीतलहर र झाडापखालाबाट दिनदिनै नागरिकहरुको ज्यान जाने क्रम बढ्दो छ । प्रकोप अगावै सरकारले नागरिकहरुको सुरक्षाको आवश्यक व्यवस्था गरेको भए नागरिकहरुको ज्यान जाने थिएन । सरकारको उदासिनताप्रति पार्टी खेद प्रकट गर्दछ । साथै, प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत र उपचारको लागि यथाशीघ्र आवश्यक व्यवस्था गर्न सरकारसँग विशेष आग्रह गर्दछु ।


.......................
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल


डाउनलोड