नयाँ शक्ति गुल्मीको बैठक सम्पन्न, नेताहरुको कार्यविभाजन

२६ मंसिर २०७५

गुल्मी । नयाँ शक्ति पार्टी, नेपाल गुल्मीले जिल्लाका विभिन्न क्षेत्रमा पार्टीका गतिविधि तीव्र बनाउनको लागि विभिन्न निणर्य गरेको छ ।

पार्टीका गुल्मी संयोजक तेजेन्द्र थापाको अध्यक्षता बसेको जिल्ला समन्यव समितिको पूर्ण बैठकले पार्टी ५ महिनामा ५ परिमाण अभियान सञ्चालन गर्नको लागि ११ सदस्य अभियान परिचालन सचिवालय गठन गरेको छ ।

जिल्लामा तीनवटा अभियान टीम बनाएर काम गर्ने निणर्य गरिएको बैठकपछि जारी प्रेश विज्ञप्तिमा उल्लेख छ । ध्रुव कुँवरको संयोजकत्वमा गठन भएको टिमले जिल्लाको मादाने, मालिका, धुर्कोट गाउँपालिका हेर्ने छ । टिमको सदस्यमा राजेन्द्र जि.सी. र विष्णु जि.सी.रहनुभएको छ । ध्रुव कुँवरको संयोकत्वमा गठन भएको टिमले रेसुङ्गा नगरपालिकसहित मुसीकोट गुल्मीदरबार, छत्रकोट र रुरु हेर्ने जिम्मेवारी पनि पाएको छ ।

त्यस्तै, मदनबहादुर खत्रीको संयोजकत्वमा घनश्याम पाण्डे, जनक पन्थ र बाँसबहादुर थापा रहेको टिमले चन्द्रकोण, सत्यवती र कालिगण्डकी हेर्ने गरी जिम्मेवारी पाएको छ । पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश न ५ का संगठन विभाग प्रमुख यज्ञ पोख्रेलको प्रमुख आतिथ्यमा बसेको बैठकले पौष महिनाभित्र ११०० सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले विभिन्न विभाग पनि गठन गरेको छ । बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिका अनुसार संगठन विभाग प्रमुख घनश्याम पाण्डे, आर्थिक विभाग प्रमुख ध्रुव कुँवर, सामाजिक परिचालन तथा राजनीतिक सम्वाद प्रमुख गणेश कुँवर, प्रचार विभाग प्रमुख जनक पन्थ र कार्यालय प्रमुखमा पदमबहादुर खत्रीलाई चयन गरिएको छ ।