शान्ति प्रक्रियाबाट पछि हटेर गरिने काम मान्य हुँदैन –पौडेल

१४ वैशाख २०७३

काठमाडौं । नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले शान्ति सम्झौताबाट पछि हटेर गरिने कुनै पनि गतिविधि नयाँ शक्तिलाई मान्य नहुने बताउनुभएको छ ।

मंगलबार बुढानीलकण्ठ नगरपालिकामा नयाँ शक्ति नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । ‘शान्ति प्रक्रियाबाट पछि हटेर गरिने कुनै पनि कुरा हामीलाई मान्य हुनेछैन,’ उहाँले भन्नुभयो, ‘द्वन्द्वकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले निष्पक्ष छानबिन गर्नुपर्छ ।’

नेता पौडेलले द्वन्द्वकालीन घटनाहरुप्रति पूर्वाग्रह राखियो भने मुलुक अगाडि बढ्न नसक्ने उहाँको तर्क थियो । उहाँले नयाँ शक्तिले वैशाख ३० गतेभित्र देशभरीका सबै नगरपालिकामा पार्टीको अन्तरिम संचरना बनिसक्ने बताउनुभयो ।