शोक वक्तव्य - १३ मंसीर २०७४

१३ मंसीर २०७४

नयाँ शक्ति पार्टी नेपाल मकवानपुर जिल्ला कार्यकारी समिति सदस्य तथा मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ (ख) प्रदेश सभाका उम्मेद्वार राजन मैनालीका ममतामयी आमाको निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ । उहाँप्रति नयाँ शक्ति पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा हामी गहिरो समवेदना प्रकट गर्दै दु:खको यस घडिमा परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौंँ ।

 


–––––––––––––––––––––––
(डा. बाबुराम भट्टराई)
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल