राष्ट्रियसभा निर्वाचन सम्बन्धमा नयाँ शक्ति पार्टी, नेपालको प्रेस बिज्ञप्ति

१० माघ २०७४

नयाँ शक्ति पार्टी, नेपाल राष्ट्रियसभालाई राष्ट्रिय जीवनमा सकारात्मक भूमिका खेल्न सक्ने प्रबुद्ध व्यक्तित्वहरुको सभा हो भन्ने ठान्दछ । आसन्न निर्वाचनमा राष्ट्रियसभालाई सोहि अनुसारको गरिमा दिन नयाँ शक्ति पार्टीले बिभिन्न पार्टीहरुसँग पटक–पटक छलफल गर्दै आएको हो । यसै सन्दर्भमा नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टीको बीचमा पटक–पटक छलफल भई राष्ट्रियसभाको गरिमालाई बलियो बनाउने र विपक्षीहरुको सकारात्मक भूमिका र पहल कदमीलाई समेत संसदीय लोकतन्त्रको मान्यता अनुसार सुदृढ गर्ने अभिप्रायले नेपाली कांग्रेसका ३ नं. प्रदेशको खुलातर्फका उम्मेदवार बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको छ ।

नयाँ शक्ति पार्टी, नेपालको समेत मतबाट विजयी हुने उम्मेदवारले राष्ट्रिय सभामा पार्टीगत स्वार्थभन्दा माथि उठी महत्वपूर्ण विषयमा राष्ट्रिय हीतलाई सर्वोपरि राखी आफ्नो भूमिका निर्वाह गर्नु हुनेछ भन्ने हाम्रो बिश्वास रहेको छ ।

 
...........................
गंगानारायण श्रेष्ठ
संयोजक
केन्द्रीय कार्यालय

डाउनलोड