राष्ट्रपति निर्वाचन सम्बन्धमा प्रेस विज्ञप्ती - २८ फागुन २०७४

२८ फागुन २०७४

भोलि मिति २०७४/११/२९ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचन सम्बन्धमा बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले निम्न निर्णय गरेको छ:

१. नयाँ शक्ति पार्टी, नेपाल प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा निरन्तर पैरवी गर्दै आएको पार्टी हो । पार्टीको यो नीति र दृष्टिकोणप्रतिको प्रतिबद्धता कायमै छ ।

२. संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुनु पर्दछ । तर विगतका कतिपय अभ्यासहरु संवैधानिक राष्ट्रपतिको पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको देखिन्छ । दलहरुले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रिय व्यक्तित्वलाई अघि सार्न सकेको देखिँदैन । यस प्रकारका अभ्यास भविष्यमा पुनरावृत्ति नहुने कुनै प्रत्याभूति छैन । त्यसैले यस्ता अभ्यासलाई समर्थन गरिरहनु वाञ्छनीय देखिँदैन ।

उपरोक्त कारणले गर्दा नयाँ शक्ति पार्टी, नेपाल राष्ट्रपति तथा उप–राष्ट्रपतिको निर्वाचन प्रक्रियामा सामेल हुने छैन ।

 

......................
डम्बर खतिवडा
प्रवक्ता
९८५२०४८८६१


.......................
प्रशान्त सिंह
प्रवक्ता
९८५१०३४१०६

 

डाउनलोड