अागामी बजेटमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति संयोजक भट्टराईका सुझाव

६ जेठ २०७३

नेपाल सरकारका अर्थमन्त्री श्री बिष्णु पौडेलको आग्रहमा पूर्व प्रधानमन्त्री एवं पूर्व अर्थमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका लागि निम्न बमोजिम सुझावहरु दिनु भएको छः


१. नीतिगत रुपमा तीब्र आर्थिक बृद्धि र रोजगारी सिर्जनालाई बजेटको मुख्य लक्ष्य बनाउने ।
२. तत्कालिन पपुलिष्ट खालका कार्यक्रमभन्दा देशको आर्थिक समृद्धिको आधार तयार गर्ने रणनीतिक महत्वका योजनालाई प्राथमिकता दिने। अर्थात परम्परागत ढंगका कनिका छर्ने बजेटभन्दा निश्चित क्षेत्रका रणनीतिक महत्वका कार्यक्रममा बजेट केन्द्रित गर्ने ।
३. यो बर्ष भूकम्प पछिको पुनर्निर्माण÷नवनिर्माणका कार्यक्रमलाई विशेष प्राथमिकता दिने ।
४. राष्ट्रिय गौरवका ठूला पूर्वाधार योजनाहरु (सडक, जलविद्युत, पर्यटन, सिंचाई) लाई पर्याप्त बजेट विनियोजन गर्ने। बजेटको रकमान्तर गर्न नपाइने र योजनाको व्यवस्थापनलाई अनावश्यक ढंगले खल्बल्याउन नहुने ।
५. कृषि नै रोजगारीको मुख्य क्षेत्र हुनाले त्यसको रुपान्तरण, व्यवसायीकरण र आधुनिकीकरणलाई उच्च प्राथमिकता दिने ।
६. चुलिँदो वैदेशिक व्यापार घाटा न्युनीकरण गर्न तुलनात्मक लाभका निर्यातमुखी उत्पादनशील उद्योगको विकासलाई प्रवर्धन गर्ने ।
७. साना र मध्यम उद्यमी, युवा स्वरोजगार तथा विद्यार्थीको उच्च शिक्षाका निम्ति वित्तीय पहुँचलाई सुलभ र सरल बनाउने ।
८. सामाजिक सुरक्षा कार्यक्रम, कृषि, स्वास्थ्य विमालाई विस्तारित गर्ने ।
९. राजश्व प्रशासनलाई आमूल सुधार गर्ने र बजेट खर्च गर्ने क्षमता अभिवृद्धि गर्ने ।