नयाँ शक्ति नेपाल, मोरङको जिम्मेवारी बाँडफाँड

१५ भदाै २०७३

विराटनगर । नयाँ शक्ति पार्टी, नेपाल, मोरङको अन्तरिम जिल्ला परिषद् सचिवालयको मंगलबार बसेको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । नयाँ शक्ति नेपालको प्रदेश नम्बर १ का संयोजक पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा केन्द्रीय परिषद् सदस्य एवम् मोरङ जिल्ला संयोजक खेमराज प्रधानको अध्यक्षतामा भएको बैठकले जिल्लाको विभिन्न निर्वाचन क्षेत्र तथा नगरका उत्प्रेरक तथा संयोजक चयन गरेको छ ।

विराटनगर उपमहानगरपालिकाको उत्प्रेरक – पशुपति नेपाल तथा संयोजक – नवराज दाहाललाई जिम्मेवारी तोकिएको छ  । यस्तै मोरङका ९ वटै निर्वाचन क्षेत्रमा पनि उत्प्रेरक तथा संयोजक चयन गरिएको छ । क्षेत्र नं. १ मा खेमराज प्रधान उत्प्रेरक र हरि श्रेष्ठ संयोजक, २ मा देबराज भण्डारी उत्प्रेरक र परशुराम मिश्र संयोजक, ३ मा कन्चन कुलुङ्ग उत्प्रेरक, ४ मा डम्बर अधिकारी संयोजक, ५ मा तेजलाल कर्ण उत्प्रेरक र अमृत महतो संयोजक, ६ मा मोहनलाल सरदार उत्प्रेरक र राकेश चौधरी संयोजक, ७ मा बाबुलाल पासवान उत्प्रेरक र विश्वनाथ पराजुली संयोजक, ८ मा डिल्ली सिग्देल उत्प्रेरक र भावना ढकाल संयोजक तथा क्षेत्र नं. ९ मा जय पाख्रिन तामाङ उत्प्रेरक र मनोहरि दाहाल संयोजक चयन हुनुभएको छ ।

त्यसैगरी कमल पोखरेललाई कार्यालय सचिवको जिम्मेवारीसहित मोरङ जिल्लाका विभिन्न संस्था र कार्यालयहरुमा नयाँ शक्ति नेपालको प्रतिनिधिको जिम्मेवारी समेत तोकेको छ । बैठकमा केन्द्रीय कार्यसमितिका सदस्यहरु देबराज भण्डारी, केन्द्रीय परिषद सदस्यहरु पशुपति नेपाल, तेजलाल कर्ण, मोहनलाल सरदार, बाबुलाल पासवान, डिल्ली सिग्देल, धनमाया मगरलगायतको उपस्थिति रहेको थियो ।