अन्तर्राष्ट्रिय नेपाली समाज, मकाउ गठन

९ फागुन २०७३

मकाउ । नयाँ शक्ति पार्टी, नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाजको मकाउ शाखा गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा भएको भेलाले प्रजुनकुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय समिति गठन गरेको प्रवास प्रादेशिक समितिका सह–संयोजक शंकर भण्डारीले बताउनुभयो । भेलाले उप–संयोजकमा यमबिलास भट्टराई र ईश्वर श्रेष्ठ, महासचिब नगेन्द्र खत्री, कोषाध्यक्ष अमृत श्रेष्ठ, सल्लाहकार बीरबल गुरुङलाई चयन गरेको छ ।

सदस्यहरुमा लक्ष्मण भण्डारी, राम बुढा, चन्द्र छ्न्त्याल, देब कुवँर, सुजन कुमाल, डिल्ली खड्का, बिक्रम श्रेष्ठ, लोकेस न्यौपाने, रामबहादुर बि क, ऋषि तामाङ, दिपक अधिकारी, सरस्वती पोखरेल, बिकाश रावल, जीवन कुवँर, निर्मला गुरुङ, केदार नेपाली, गोबिन्द पाण्डेलगायत हुनुहुन्छ ।