अनेसको कर्नाटक राज्य संयोजकमा रावल

१७ फागुन, २०७३

कर्नाटक (भारत) – नयाँ शक्ति पार्टीनिकट प्रवास संगठन अन्तर्रास्ट्रिय नेपाली समाज (अनेस) कर्नाटक (भारत) को प्रथम राज्य सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट राजेश रावल अनेस कर्नाटक भारतको संयोजक निर्वाचित हुनुभएको छ ।

सम्मेलनले रावलको संयोजकत्वमा १३ सदस्यीय राज्य समितिसमेत गठन गरेको छ । सम्मेलनबाट कविराज न्यौपाने सहसंयोजक पदमा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा जीवन विष्ट, प्रेम विष्ट, गगन गिरी, भिम गिरी, बलाराम रावल, टिका साउद, प्रयकराज जोशी, रमेश कार्की, दर्शन खड्का, बम्म बन, आत्मराम रोकाय, मदन सार्की र राम बहादुर बिक रहनुभएको छ ।

नवगठित राज्य समितिलाई अन्तर्रास्ट्रिय नेपाली समाज भारतका संयोजक मोहन राउतले कार्यसफलताको शुभकामना दिनुका साथै प्रवासमा रहेका नेपालीहरुले समृद्ध नेपाल निर्माणमा खेल्नुपर्ने भूमिकाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी पार्टीका कञ्चनपुर जिल्ला संयोजक गजेन्द्र विष्ट, नेपाली युवा शक्ति भारतका संयोजक माइकल क्षेत्री, सिद्धराज रावल, धर्मराज गिरी, बम ब. रावल, मिन गिरी, सत्यराज थापा, कृष्ण खाती, कबिराज न्यौपाने र हर्क साउदले नवनिर्वाचित राज्यसमितिलाई शुभकामना दिनुभएको थियो । कर्नाटकसँगै अनसले २९ वटा देशहरुमा आफ्नो संगठन विस्तार गरेको छ ।