चुनावी अभियानमा गाउँ–गाउँ पुग्दै नयाँ शक्ति

४ फागुन २०७३

लमजुङ । स्थानीय निकायको चुनाव मिति घोषणासँगै नयाँ शक्ति लमजुङलाई पनि चुनावी माहोलले छोएको छ ।

शुक्रबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले लमजुङका ८ वटै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियानका लागि टिम तयार गरेको नयाँ शक्ति नेपाल लमजुङका संयोजक राजु थापाले जानकारी दिनुभयो ।

उक्त अभियानका लागि बेसीशहर नगरपालिका अभियान प्रमुखमा पदमराज घले, सुन्दरबजार नगरपालिकामा गीरबहादुर तामाङ, राइनास नगरपालिकामा नारायणप्रसाद पौडेल, मध्यनेपाल नगरपालिकामा गोविन्द कँडेल, दोर्दी गाउँपालिकामा ईश्वर अधिकारी, दूधपोखरी गाउँपालिकामा रेखी गुरुङ, मर्स्याङ्दी गाउँपालिकामा गम बहादुर तामाङ र क्होलासोथर गाउँपालिकामा ईश्वरी प्रसाद घिमिरेलाई अभियान प्रमुखको रूपमा तोकेको छ । तोकिएको नयाँ शक्ति नेपाल लमजुङले जनाएको छ ।

संयोजक थापाका अनुसार यी सबै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियान टिम खटिने छ र यही चैत्र २६ गते सदरमुकाम बेसीशहरमा केन्द्रित भै रिपोटिङ गर्ने योजना बनाएको छ । प्रत्येक गाउँ तथा नगरपालिकाको स्थिति, त्यहाँको आवश्कता, सबै पार्टीको स्थिति र त्यहाँको विशेषता के हो लगायतका विषय रिपोर्टिङमा अभियान टिमले प्रस्तुत गर्नुपर्ने छ ।

बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्य देवेन्द्र पराजुली, नयाँ शक्ति नेपाल जिल्ला कमिटीका गम बहादुर तामाङ, गीरबहादुर तामाङ, रेखी गुरुङ, गोविन्द कँडेल र अशोक पाण्डे, काठमाण्डौ लमजुङ सम्पर्क मञ्चका संयोजक राजेन्द्र अर्याल, जिल्ला सहसंयोजक नारायण प्रसाद पौडेल लगायत जिल्ला कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।