आजदेखि नयाँ शक्तिको केन्द्रीय परिषद् बैठक

निर्वाचनको रणनीति निर्माणका विषयमा छलफल हुने
१५ चैत, २०७३

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको अन्तरिम केन्द्रीय परिषद्को बैठक आजदेखि सुरु हुँदैछ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा हुने बैठक आज ११ बजेदेखि सुरु हुनेछ । बैठक आज र भोलि दुई दिन चल्नेछ ।

 

परिषद् बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्नुका साथै पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभो । साथै बैठकमा आसन्न निर्वाचनको बारेमा पनि छलफल हुनेछ । नयाँ शक्तिको निर्वाचन केन्द्रित रणनीतिक कार्ययोजनाको विषयमा बैठकमा विस्तृत छलफल हुनेछ ।