एक महिनासम्म नयाँ शक्तिको विशेष अभियान

देशभर आमसभा र अन्तरक्रिया हुने
२ बैशाख २०७३

काठमाडौं । नयाँ शक्ति नेपालले  यही वैशाख १० गतेदेखि एक महिनासम्म देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने भएको छ । मुमाराम खनाल नेतृत्वको विशेष राजनीतिक नवीकरण अभियान समूहको बिहीबार बसेको बैठकले वैशाख १० देखि जेठ १० सम्म देशका मुख्य शहर तथा जिल्लाहरुमा अन्तरक्रिया, नयाँ शक्तिमा प्रवेश सभा, आमसभा लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो । देशका मुख्य ५ सहरमा वृहत आमसभा हुनेछन् ।

बैठकमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, रामेश्वर खनाल, खिमलाल देवकोटा, करिश्मा मानन्धरलगायत सहभागी हुनुहुन्थ्यो ।